PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

एक्सन फिल्म ‘फाइटर’मा ऋतिक र दीपिकाको जोडी पक्का



एक्सन फिल्म ‘फाइटर’मा ऋतिक र दीपिकाको जोडी पक्का

भायकम-१८ ले भारतको पहिलो एरियल एक्सन फिल्म निर्माण गर्ने घोषणा गरेको छ। पहिलो एरियल एक्सन फिल्मको नाम ‘फाइटर’ हो। जुन फिल्ममा ऋतिक रोशन र दीपिका पादुकोन मुख्य भूमिकामा देखिने भएका छन्

यस अन्तर्राष्ट्रिय स्तरको फिल्मलाई ‘ब्याङ ब्याङ’, ‘वार’ तथा ‘पठान’ निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन्। फिल्म ‘फाइटर’मा भारतीय सेनाको साहस, त्याग र देशभक्तिलाई देखाइने छ।

भारतीय सैनिकको वीरगाथामा केन्द्रित फिल्म विश्वका दर्शक लक्षित रहने जनाइएको छ। त्यसैले यस फिल्मको छायाँकन संसारभरका विभिन्न स्थानमा गरिनेछ।

निर्देशक आनन्दले यो फिल्मले बलिउडलाई एक्सन मनपराउने विश्वका दर्शकसम्म पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell