PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

वाग्मती प्रदेशमा साढे ६२ प्रतिशत भन्दा बढी क्षेत्रमा सकियो रोपाइँ



वाग्मती प्रदेशमा साढे ६२ प्रतिशत भन्दा बढी क्षेत्रमा सकियो रोपाइँ
फाइल फोटो।

हेटौँडा : वाग्मती प्रदेशमा आर्थिक वर्ष २०७७/७८ को असार महिनाको हालसम्म ६२ दशमलव ६२ प्रतिशत रोपाइँ सकिएको छ। वाग्मती प्रदेशका १३ वटा जिल्लामा १ लाख ३२ हजार २ सय ३८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ।

त्यसमध्ये ८० हजार ६ सय ५९ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। यस प्रदेशमा ४२ हजार हेक्टरमा अझै रोपाइँ गर्न बाँकी छ। गत वर्ष वाग्मती प्रदेशमा यही अवधिमा ५२ दशमलव २० प्रतिशत मात्र रोपाइँ भएको थियो। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत दिपेन्द्रमणि लामिछानेले जानकारी दिए। यो वर्ष चाडै नै मनसुन भित्रिएको र मनसुनको सुरुवातमै भारी वर्षा भएकाले गत वर्षको तुलनामा यो अवधि बढी क्षेत्रफलमा रोपाइँ भएको हो।

वाग्मती प्रदेशको अन्न भण्डारको रुपमा चिनिने चितवनमा ६५ प्रतिशत रोपाइँ सकिएको छ। जिल्लामा धान खेती हुने २८ हजार ६ सय क्षेत्रफलमध्ये १८ हजार ५ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। यसैगरी, मकवानपुर जिल्लामा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ७ हजार ७ सय हेक्टर क्षेत्रफलमा (७० प्रतिशत) रोपाइँ सकिएको छ।

त्यस्तै, नुवाकोटमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा (३० प्रतिशत) रोपाइँ सकिएको छ। रसुवामा एक हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ३५ प्रतिशत रोपाइँ सकिएको छ। यसैगरी, ललितपुरमा ४ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार १ सय ४० हेक्टर क्षेत्रफलमा (९० प्रतिशत) रोपाइँ सकिएको छ।

भक्तपुरमा ४ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ८५ हेक्टर क्षेत्रफलमा (९५ प्रतिशत) रोपाइँ सकिएको छ। काठमाडौंमा ७ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ९२ हेक्टर क्षेत्रफलमा (९० प्रतिशत) रोपाइँ सकिएको छ। काभ्रेपलाञ्चोकमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ७ हजार १ सय ५० हेक्टर क्षेत्रफल क्षेक्रफलमा (४५ प्रतिशत) रोपाइँ सकिएको छ।

त्यसैगरी, सिन्धुपाल्चोकमा १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ५ सय ५ दशमलव ७५ हेक्टर क्षेत्रफलमा (४५ प्रतिशत) रोपाइँ सकिएको छ। रामेछापमा ८ हजार ८ सय १० हेक्टर क्षेत्रफमध्ये ४ हजार ९ सय ३३ दशमलव ६ हेक्टर क्षेत्रफलमा (५६ प्रतिशत) धान रोपेर सकिएको छ।

दोलखामा २ हजार ९ सय २० हेक्टर क्षेत्रफलमध्ये १ हजार ९ सय ८५.६ हेक्टर क्षेत्रफलमा (६८ प्रतिशत) रोपाइँ सकिएको छ। त्यस्तै, सिन्धुलीमा १५ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ९ हजार ९ सय ४५ हेक्टर क्षेत्रफलमा (६५ प्रतिशत) रोपाइँ सकिएको छ। त्यस्तै, प्रदेशको धादिङमा १२ हजार हेक्टर क्षेत्रफलमध्ये ४ हजार ८ सय हेक्टर क्षेत्रफलमा (४० प्रतिशत) रोपाइँ सकिएको छ।

धादिङमा सबै भन्दा थोरै क्षेत्रमा धान रोपिएको छ। सबै भन्दा बढी भक्तपुरमा रोपाइँ भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell