PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

हाइटीका राष्ट्रपतिको हत्यामा विदेशी 'हिट स्क्वाड' संलग्न, कोलम्बियन र अमेरिकी नागरिक पक्राउ



हाइटीका राष्ट्रपतिको हत्यामा विदेशी 'हिट स्क्वाड' संलग्न, कोलम्बियन र अमेरिकी नागरिक पक्राउ
Photo : Reuters

हाइटीका राष्ट्रपति जोभेनेल मोइसीको हत्यामा अवकाशप्राप्त कोलम्बियन सैनिकसहितको विदेशी 'हिट स्कवाड' समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख लिओन चार्ल्सले आक्रमण गर्ने समूहमा २६ जना कोलम्बियन र दुईजना हाइटी मूलका अमेरिकी नागरिक रहेको बताए। हालसम्म प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ भने चारजनाको मारिएका छन्। बांकी संदिग्धहरु फरार रहेका छन्। प्रहरी अझै हत्याको योजना बनाउने 'मास्टरमाइन्ड' को खोजीमा छ।

बुधवार बन्धुकधारी समूह राष्ट्रपति निवासमा प्रवेश गरि राष्ट्रपतिको हत्या गरेका थिए। आक्रमणमा हाइटीकी प्रथम महिला घाइते भएकी थिइन्।

राष्ट्रपति मोइसीको हत्यामा संलग्न सूमहको फरार सदस्यहरुको खोजीलाई प्रहरीले तीव्र बनाएको छ।

'राष्ट्रपतिको हत्या गर्न विदेशीहरु हाम्रो देशमा आए। उनीहरु कि त पक्राउ पर्छन् कि त मारिन्छन्' प्रहरी प्रमुख चार्ल्सले भने।

राष्ट्रपतिमाथि विदेशी समूहले आक्रमण गर्नुको कारण हाल सार्वजनिक गरिएको छैन। यद्यपि मोइसीले देशमा 'ओलीगार्की' (अल्पतन्त्र) विरुद्ध लडाइँ लडिरहेकोले उनीमाथि आक्रमण भएको हुनसक्ने अनुमान गरिएको छ।

यता, कोलम्बिया सरकारले भने हाइटी सरकारलाई अनुसन्धानमा सहयोग गर्ने जनाएको छ। कोलम्बियाले 'हिट स्कवाड' का ६ जना सेनाबाट अवकाशप्राप्त सैनिक भएको सार्वजनिक गरेको छ। अमेरिकाले भने आफ्नो नागरिकलाई हाइटीमा नियन्त्रणमा लिएको बारे हालसम्म केही पुष्टि नभएको जनाएको छ।

राष्ट्रपतिको हत्यापछि सुरक्षा अवस्थालाई बिग्रिन नदिन देशभर संकटकाल लागू गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell