PahiloPost

Jun 18, 2024 | ५ असार २०८१

अभिनेता सलमान खान र उनकी बहिनीमाथि ठगीको आरोप



अभिनेता सलमान खान र उनकी बहिनीमाथि ठगीको आरोप
Photo : ANI

बलिउड अभिनेता सलमान खान र उनकी बहिनी अलवीरा खान माथि ठगीको आरोप लागेको छ। चंडीगढका व्यापारी अरुण गुप्ताले उनीहरुसहित ६ जनाविरुद्ध पुलिसमा उजुरी दिएका हुन्।

सलमान खानले संचालन गरिरहेको 'बिइंग ह्युमन' शोरूमको फ्रान्चाइज खोल्न २ करोड रुपैया लगानी गर्न भनिएको र शोरुममा सलमान समेत आउने तय भएको उनको दाबी छ। तर, सहमति पनि आफूहरलाई 'स्पट' नदिइएको र सलमान पनि नआएको गुप्ताले बताएका छन्। उनले उजुरी दिएसँगै ठगीको केसमा प्रहरीले सलमानसहित सबैलाई 'नोटिस' पठाएको छ।

चंडीगढ़का एसपी केतन बसंलका सलमानसहित सबैलाई जवाफ पेश गर्न १३ जुलाई सम्मको समय दिइएको बताए। अनुसन्धानका क्रममा कुनै आपराधिक गतिविधि भएको पाइए कारवाही हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell