PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा, माओवादी केन्द्र खारेजीको माग



एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोगमा, माओवादी केन्द्र खारेजीको माग

काठमाडौं : नेकपा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग पुगेका छन्। संविधानले तोकेको समयावधि कट्दा पनि माओवादी केन्द्रको महाधिवेशन नभएको भन्दै नेताहरु आयोगमा उजुरी दिन पुगेका हुन्।

साढे ५ वर्षभित्र महाधिवेशन गर्न नसकेर माओवादी पार्टी अवैध भइसकेको भन्दै दल खारेजीको माग नेताहरुले गरेका छन्।

उनीहरु दल दर्ता खारेज बुझ्न आएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार हाल एमालेका नेता मणिचन्द्र थापा, प्रभु साह, टोप बहादुर रायमाझी, शंकर चौधरी निर्वाचन आयोगमा उपस्थित भएका हुन्।

नेकपा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको लागि पूर्वमाओवादी नेताहरुले बुधवार आयोगमा निवेदन दिएका थिए। दल दर्ता खारेजीको माग गर्दै परेको निवेदन उपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन निर्वाचन आयोगमा पूर्ब माओवादीका तथा हालका नेकपा एमालेका नेताहरु उपस्थित भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell