PahiloPost

May 23, 2024 | १० जेठ २०८१

दुई पटक स्थगित भइसकेको प्रदेश २ को प्रदेशसभा बैठक शुरु हुन सकेन, बजेट पास गर्न समस्या



दुई पटक स्थगित भइसकेको प्रदेश २ को प्रदेशसभा बैठक शुरु हुन सकेन, बजेट पास गर्न समस्या

वीरगंज : प्रदेश २ को प्रदेशसभा बैठक अहिले शुरु हुन सकेको छैन। दिउँसो १ वजेको लागि तय भएको बैठक ३ वजेदेखि शुरु गर्ने सूचना निकालिए तापनि यो समाचार तयार पार्दासम्म शुरु भएको छैन।

प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलले अहिले बैठक बस्न नसकेको जानकारी दिए। उनका अनुसार अबको केही बेरमा बजेट विधेयक माथि छलफल गर्ने गरी बैठक प्रारम्भ हुनेछ।

लगातार दुई पटक स्थगित भएको प्रदेश २ को प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेट विद्येयकमाथि छलफल गरी पारित नहुँदा रातो किताब छाप्न सकिएको छैन। आगामी आर्थिक वर्षको बजेटमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषको रकम बढाउने विषयमा सहमति नहुँदा बजेट विधेयक पारित नभएको हो।

सहमति नहुँदा असार १५ र २३ गतेका लागि बोलाइएको बैठक स्थागित भएको थियो। प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई साढे २ करोड बजेट उपलब्ध गराउनुपर्ने एमाले र माओवादीको माग छ। यो मागमा सत्तारुढ दलका अधिकांश सांसदले समर्थन गरेका छन्।

मुख्यमन्त्री लालबाबु राउतले सांसद क्षेत्र विकासका लागि रकम बढाउने आश्वासन दिएपछि मात्र प्रतिपक्षी दुई दल एमाले र माओवादीले असार १ मा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवलाई बजेट प्रस्तुत गर्न दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell