PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अमेरिकाले केही दिनमा १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने कोभिड-१९ विरुद्धको खोप सहयोग गर्ने



अमेरिकाले केही दिनमा १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने कोभिड-१९ विरुद्धको खोप सहयोग गर्ने

काठमाडौं : अमेरिकाले अबको केही दिनमा १५ लाखभन्दा बढी नेपालीहरुलाई पुग्ने गरी कोभिड-१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ। नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी बेरीले केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड-१९ खोप निःशुल्क उपलब्ध गराउने जानकारी दिएका हुन्।

उनले शुक्रवार सामाजिक सञ्जालमार्फत नेपाल-अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो आफ्नो लागि अत्यन्तै खुशीको क्षण भएको समेत बताएका छन्।

उनले भनेका छन्, ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी कोभिड-१९ खोप निःशुल्क उपलब्ध गराउँदैछ। नेपाल-अमेरिका साझेदारीको ७३ वर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरिरहनेछ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell