नेकपा एमालेमा पछिल्लो विवाद आज साम्य हुने र दुई समूहबीच एकता घोषणा हुने समय तय भएको थियो। त्यसका लागि बिहान ८ बजेको समय तोकिएको थियो। यद्यपि समय घर्किँदासमेत ओली नेपालको मिलनको घोषणा हुन सकेको छैन।
आइतवार बिहानैबाट सिंहदरवारमा ओली समूहका कार्यदलका सदस्यहरु माधव नेपाल समूहका नेताहरुलाई कुरिरहेको बताइएको छ।