PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित



एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित

पोखरा : प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि गण्डकी प्रदेशसभा बैठक स्थगित भएको छ। आज फेरि दिउँसो १ बजे बस्ने गरि बैठक स्थगित भएको हो।

बजेटमाथि छलफल गर्ने कार्यसूची निर्धारण गरि आज आइतबार ११ बजेदेखि डाकिएको बैठकमा एमालेले यसअघि मध्य असारमा गरिएको रकमान्तरको विषयमा प्रश्न गर्नै प्रदेशसभा बैठक अवरोध गरेको थियो।

सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु भएको घवषणा गरे लगत्तै एमाले सांसदहरु उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले एमाले सांसद रामशरण बस्नेतलाई बोल्न समय दिएका थिए।

‘के कारणले रकमान्तर गर्नुपर्‍यो ? योजना कसरी छनोट भए ?,’ बस्नेतले भने, ‘यसको फेहरिस्थ नआउँदासम्म यो सदन अघि बढ्न नसक्ने जानकारी गराउँछु।’

बस्नेतले बोलेपछि सभामुखले संसद दिउँसो १ बजेसम्मलाई स्थगित गरेका हुन्।

असारको दोश्रो साता सरकारले १४ करोड १९ लाख रुपैयाँ रकमान्तर गरेको थियो। उक्त रकम कार्यकर्ता पोस्नका लागि रकमान्तर गरिएको आरोप एमालेको छ।

यस्तै, असार १ गते बजेट ल्याएपछि अहिलेसम्म संसद चलेको थिएन। रातो किताब तयार गरेपछि आइतबारदेखि बैठक संचालन गर्न लागिएको हो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell