PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

युरो कप फाइनल : इंग्लयाण्ड फुटबल टोलीलाई बेलायती महारानीको शुभकामना



युरो कप फाइनल : इंग्लयाण्ड फुटबल टोलीलाई बेलायती महारानीको शुभकामना
PHOTO : PA MEDIA

बेलायती महारानी एलिजावेथले युरो कप २०२० को फाइनलमा पुगेको इंग्ल्याण्डको फुटबल टोलीलाई जितका लागि शुभकामना व्यक्त गरेकी छिन्।

आज राति वेम्बलीमा हुने युरो कप फाइनलमा घरेलु टोली इंग्ल्याण्डले इटालीको सामना गर्दैछ। महारानीले फुटबल टोलीको खेलप्रतिको प्रतिबद्धता र मिहिनेतको प्रशंसा समेत गरेकी छिन्। एलिजावेथले ५० वर्षअघि बबी मुरेलाई विश्वकप जितेपछि जुलेस रिमेट ट्रफी दिएको दृश्य आफूले अहिले सम्झिरहेको समेत उल्लेख गरेकी छिन्।

पछिल्लो पटक सन् १९६६ मा इंग्ल्याण्डले विश्वकप जितेको थियो। त्यसयता इंग्ल्याण्डले कुनै ठूलो उपाधि जितेको छैन।

यस्तै, बेलायती प्रधानमन्त्री बोसिस जोनसनले पनि फुटबल टोलीलाई शुभकामना व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell