बेलायती महारानी एलिजावेथले युरो कप २०२० को फाइनलमा पुगेको इङ्ल्याण्ड फुटबल टोलीलाई जितका लागि शुभकामना व्यक्त गरेकी छिन्।
आज राति वेम्बलीमा हुने युरो कप फाइनलमा घरेलु टोली इङ्ग्ल्याण्डले इटालीको सामना गर्दैछ। महारानीले फुटबल टोलीको खेलप्रतिको प्रतिबद्धता र मिहिनेतको प्रशंसा समेत गरेकी छिन्।
एलिजावेथले ५० वर्षअघि बबी मुरेलाई विश्वकप जितेपछि जुलेस रिमेट ट्रफी दिएको दृश्य आफूले अहिले सम्झिरहेको समेत उल्लेख गरेकी छिन्।
पछिल्लो पटक सन् १९६६ मा इङ्ग्ल्याण्डले विश्वकप जितेको थियो। महारानी एलिजाबेथले नै विजयी टोलीलाई ट्रफी हस्तान्तरण गरेकी थिइन्। त्यसयता इङ्ग्ल्याण्डले कुनै ठूलो उपाधि जितेको छैन।
यस्तै, बेलायती प्रधानमन्त्री बोसिस जोनसनले पनि फुटबल टोलीलाई शुभकामना व्यक्त गरेका छन्।