PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

सर्वोच्चको आदेशपछि कांग्रेस नेताहरु देउवा निवास पुग्दै



सर्वोच्चको आदेशपछि कांग्रेस नेताहरु देउवा निवास पुग्दै

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परामादेश दिएपछि अहिले देउवा निवासमा नेताहरुको उपस्थिति बाक्लिएको छ।

नेपाली कांग्रेसका नेताहरु परामर्शका लागि देउवा निवास पुगिरहेका छन्। यस्तै, सर्वोच्चको आदेशपछि देउवालाई बधाई दिन कार्यकर्ताहरु पनि बुढानीलकण्ठ पुगिरहेका छन्।

देउवा निवास बुढानीलकण्ठमा संचारकर्मीसँगको कुराकानीमा सभापति देउवाले अदालतको निर्णयले नेपालको प्रजातान्त्रिक पद्धतिलाई जोगाएको तर्क गरेका हुन्।

'यो निष्पक्ष छ। धम्कीले डराउँदैनौं। नेपालमा प्रजातन्त्र जो लोकतन्त्र भन्छौं, हामीहरु विधिको शासन हुन्छ,' देउवाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell