PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि बुटवलमा युवा संघको विरोध प्रदर्शन



प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि बुटवलमा युवा संघको विरोध प्रदर्शन

बुटवल : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेको विरोधमा बुटवलमा विरोध प्रदर्शन भएको छ। नेकपा एमालेको युवा संघले ‘गैर संवैधानिक परमादेश खारेज गर’भन्दै विरोध प्रदर्शन गरेको हो।

सर्वोच्च अदालतले सोमवार प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विपक्षी गठबन्धनमा रहेका ५ दलले समर्थन र सरकार पक्षले असन्तुष्टि व्यक्त गरेका छन्। सर्वोच्च अदालतले सोमवार प्रधानमन्त्री ओली गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरी शेरबहादुर देउवालाई २८ घण्टाभित्रमा प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको छ। अदालतको यो निर्णयको विरोधमा एमालेको युवा संघले आन्दोलन गर्ने बताएको छ।

यस्तै, अदालतको फैसलाको समर्थन गर्दै विपक्षी गठबन्धनले बुटवलमा साँझ ७ बजे दिप प्रज्वलन गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell