PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

इराकमा कोभिड आइसोलेसनमा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु



इराकमा कोभिड आइसोलेसनमा आगलागी हुँदा ५० भन्दा बढीको मृत्यु
Photo : Business Standard

इराकमा एक अस्पतालमा आगलागी हुँदा ५० भन्‍दा बढी बिरामीको मृत्यु भएको छ। नसिरिया शहरको अल हुसैन अस्पतालको कोभिड १९ आइसोलेसन वार्डमा आगलागी भएको थियो। आगो सोमबार मध्यरातमा नै नियन्त्रणमा लिइएको छ।

अस्पतालमा रहेको अक्सिजन ट्यांकमा विस्फोट हुँदा आगो फैलिएको अनुमान गरिएको छ। हाल घटनाको अनुसन्धान भइरहेको छ।

आगलागीको घटनापछि इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले अस्पतालका प्रमुखलाई पक्राउ गर्न निर्देशन दिएको छ।

बिरामीका आफन्तहरुले अस्पताल बाहिर प्रदशर्न समेत गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell