PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

'द भ्वाइस अफ नेपाल ३' का रवि गहतराजलाई जिताउन सिक्किमका मुख्यमन्त्रीको सहयोग



'द भ्वाइस अफ नेपाल ३' का रवि गहतराजलाई जिताउन सिक्किमका मुख्यमन्त्रीको सहयोग

काठमाडौं : गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल ३' का प्रतिस्पर्धी रवि गहतराजलाई जिताउन सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले सहयोग गरेका छन्।

सिक्किम घर भएका गहतराजका अभिभावकलाई भेटेर मुख्यमन्त्री तामाङले ५ लाख भारतीय रुपैयाँ सहयोग गरेका हुन्। साथै, उनले रविलाई राम्रो गायक भन्दै बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन्।

कोच प्रमोद खरेलको टिममा रहेका' गहतराज शोको भोटिङ राउण्डमा पुगिसकेका छन्। उनी ब्लाइन्ड अडिसन हुँदै ब्याटल र नकआउट राउण्ड पार गर्दैँ लाइभ राउण्डमा पुगेका हुन्। फरक-फरक जनराका गीतहरु गाएर उनले भ्वाइसका कोचहरुको मन समेत जितिसकेका छन्।

अहिले 'द भ्वाइस अफ नेपाल ३'को लाइभ राउण्डमा १२ जना प्रतिस्पर्धी सहभागी छन्। सबैजनाको भोटिङ लाइन समेत खुल्ला गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell