भारतीय अभिनेता गजेन्द्र चौहानले ११ जुलाईमा ट्वीट गर्दै आफूले 'दादा साहेब फाल्के अवार्ड'बाट सम्मानित हुन लागेको जानकारी गराएका थिए।
फिल्म उद्योगमा योगदान गरेवापत् 'दादा साहब फाल्के' सरकारले हरेक वर्ष दिने गर्छ। जसलाई भारतीय फिल्म उद्योगको सबैभन्दा प्रतिष्ठित पुरस्कार पनि मानिन्छ।
पुरस्कार पाएको ट्वीटसँगै उनी सामाजिक संजाललमा 'ट्रोल'को सिकार बन्न पुगेका छन्। कारण- पुरस्कारको नामा।
गजेन्द्र चौहानले पाएको भनि ट्वीटरमा उल्लेख गरेको पुरस्कारको नाम पनि सरकारले नै दिने प्रतिष्ठित पुरस्कारसँग मिल्दोजुल्दो छ। जसकारण उनलाई ट्विटर प्रयोगकर्ताहरूले ट्रोल गर्न सुरू गरेका हुन्।
फिल्ममेकर राकेश शर्माले चौहानले पाएको पुरस्कार र प्रतिष्ठित राष्ट्रिय पुरस्कार 'दादा साहब फाल्के ' सँग मिल्दोजुल्दो नाम भएकोले धेरै अन्यौलमा परेको भनि ट्वीटरमा लेखेका छन्।
It ain’t the prestigious national award conferred upon Indian cinema legends by President of India!
— Rakesh Sharma (@rakeshfilm) July 12, 2021
Similarly named Dadasaheb Phalke Film Foundation Awards/Dadasaheb Phalke Excellence Awards cause confusions.
ps: Award from Kolhapur Oscar Society don’t make one an Oscar-winner! https://t.co/vezmKX9jBj
साथै, उनले पाएको अवार्ड 'दादा साहब फाल्के' पुरस्कार नभएको र गलत खबर दिएको भनि उनको आलोचना समेत भइरहेको छ।
तर, केहीले भने उनलाई शुभकामना समेत दिएका छन्। ट्विटरमा ट्रोल हुन थालेपछि उनले ट्विटरमा एक ट्विट गरे। जसमा उनले गलत प्रतिक्रिया दिनेलाई धन्यवाद भनेका छन्। साथै आफूले गलत जानकारी नदिएको समेत उनले दावी गरेका छन्।
पुरस्कार मिलना गर्व की बात है,
— Gajendra Chauhan (@Gajjusay) July 12, 2021
जब आप जीवन में आगे बढ़ते हैं तो आपको आलोचक साथ मे लेकर चलने होते हैं, क्योंकि ये वही लोग होते हैं, जो आपके अंदर आगे बढ़ने का जुनून पैदा करते हैं
प्रशंसकों को नतमस्तक प्रणाम व आलोचकों को शुक्रिया !!
चौहानले १९९० को दशकमा चर्चित टेलिश्रृङ्खला 'महाभारत' मा युधिष्ठिरको भुमिका निभाएका थिए।
नरेन्द्र मोदी सरकारले उनलाई पुणेस्थित भारतिय फिल्म र टेलिभिजन संस्थान (एफटीआईआई) का अध्यक्षमा नियुक्त गरेको थियो। तर छात्राहरुको विरोधका कारण उनको नियुक्ति विवादमा रहेको थियो।