PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी गर्दै राष्ट्रपति कार्यालय



शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त, सपथको तयारी गर्दै राष्ट्रपति कार्यालय

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेकी छिन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी दिए। केही समयमा देउवालाई नियुक्त गरेको विज्ञप्ति आउने उनले बताए। राष्ट्रपतिको कार्यालयले देउवाको सपथको तयारी समेत गरिरहेको छ। सपथ आजै हुने भनिएपनि निर्णय भइसकेको छैन। 

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति कार्यालयलाई परमादेश दिएको थियो। प्रतिनिधिसभा विघटन बदर गर्दै संवैधानिक इजलासले मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै केपी शर्मा ओली पदमुक्त भएका छन्। ओलीले आजै प्रधानमन्त्री निवास बालुवटार छाड्ने तयारी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell