PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जाँदाजाँदै महान्यायाधिवक्ता बडालले भने : न्यायाधीशहरू केही वर्षमा रिटायर्ड होलान्, तर अदालत हामीलाई चाहिन्छ



जाँदाजाँदै महान्यायाधिवक्ता बडालले भने : न्यायाधीशहरू केही वर्षमा रिटायर्ड होलान्, तर अदालत हामीलाई चाहिन्छ

काठमाडौं : महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनर्स्थापना बहसमा आफूहरुले केही गलत नबोलेको बताएका छन्।

'सर्वोच्चको फैसलामा केही रिमार्क हामी माथि तेर्सिएको छ। हामीले गलत बोलेका छैनौ। एक शब्द गलत बोलेको छैन। सरकारी वकिलको शिर निहुर्‍याउने काम गरेको छैन। चुनौतीका साथ भन्छु हामीले संवैधानिक इजलासमा उठाएका प्रश्न जायज छन्। केही गलत बोलेका छैनौ' उनले भने।

प्रधानमन्त्रीमार्फत राष्ट्रपतिलाई राजनीमा बुझाएपछि पत्रकार सम्मेलन गर्दै बडालले फैसला लेख्दा प्रत्युक्ति दिने काम ठिक नभएको र यो फैसला 'एकेडेमिक' बहसमा जाने समेत बताए।

'न्यायाधीशहरू केही वर्षमा रिटायर्ड होलान । तर अदालत हामीलाई चाहिन्छ। लोकतन्त्र हामीलाई चाहिन्छ। हामीले कुनै गल्ती गरेका छैनौ' उनले भने।

देशमा चालिएको राजनितिक मिसनमा यो फैसला कति सहयोग पुग्छ भन्ने कुरा भविष्यमा देखिने उनले बताए।

'यसको असर केही दिनमा देखिनेछ। यो फैसला रेकर्ड गरेर प्रकाशित गर्नुपर्छ। हामी ठिक थियौ, विपक्षी ठिक थियो कि फैसला ठिक छ भन्ने इतिहासले समीक्षा गर्नेछ। अलि दिन पर्खिनुपर्छ, परिणाम दुष्परिणाम भोग्नुपर्ने छ। २०५२ सालको दुष्परिणाम हामीले देखेकै छौ' उनले भने।

आफ्नो राजीनामा पनि फैसला कार्यान्वयनको एउटा कदम भएको उनको दाबी थियो।

उनले आफूलाई सरकारले नियुक्त गर्दा नै कति दिन पदमा बस्छु भनेर यकिन नभएको समेत बताएका छन्।

महान्यायाधिवक्ता कार्यालयमा आयोजित विदाई समारोहमा उनले आफू लामो कार्यकालको लागि तयार भइ नआएको भन्दै भने,'लामो कार्यकाल छ भनेर आउँदा जुन काम गरिन्थ्यो, त्यो गर्न सकिएन। तर १०० दिनमा राम्रै गरे। सहयोग पाएँ।'  

समयमा रणनीतिक योजना आफूहरुले तयार गरेको उनको दाबी छ। तर योजना कार्यान्वयन हुँदा आफू भने नहुने उनले बताए।

'कार्यान्वयनमा म हुनेछैन। साउनबाट लागु हुन्छ। असार अन्तिममा विदा हुन्छु। अब जो आए पनि यसलाई अगाडि बढाउनुहुन्छ भन्ने विश्वास छ। कार्यावन्यनमा म पनि सघाउँछु' उनले भने।

उनले अभियोजन सुधारको वर्षको घोषणापछि केही सुधारको प्रयास गरेको दाबी गरे। वैशाखदेखि  केही मुद्दा मिलापत्र गर्न दिने थलनी गरेका उनले बताए।

उनी अघिका महान्यायाधिवक्ता अग्नि खरेलले अघि बढाएको योजनामा आफू होस्टेमा हैसे गरेको उनले बताए।

देशभरका सरकारी वकिल कार्यालयले अभियोजनपछि विद्युतीय माध्यममा अपलोड गर्ने निर्देशन जारी गरिएको र साउनबाट कार्यान्वयन हुने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell