PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

महेश बस्नेतले भने : युथ फोर्स सिरानमुनी राखिएको खुकुरी, ओलीलाई स्कर्टिङ गरेर बालकोट पुर्‍याउने



महेश बस्नेतले भने : युथ फोर्स सिरानमुनी राखिएको खुकुरी, ओलीलाई स्कर्टिङ गरेर बालकोट पुर्‍याउने

काठमाडौं : नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ। सोमबार काठमाण्डौंमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो। यसअघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भएपनि केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भएपछि पुनः गठन गरिएको हो।

युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी पुष्प श्रेष्ठले पाएका छन्। नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले बताए।

भने, ‘युथ फोर्स फेरि जन्मिएको छ। युथ फोर्स सिरानमुनी राखिएको खुकुरी जस्तै हो किसानको घरको। र अप्ठ्यारो पर्‍यो भने संकट पर्‍यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौ।'

युथ फोर्सले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्ने छ। जनताको बहुदलीय जनवादको प्रयोग, रक्षा र विस्तार गर्न यसले महत्वपुर्ण भूमिका खेल्ने यनले बताए।

'आवाज विहिनहरुको आवाज उठाउन भूमिका खेल्नेछौं’ उनले भने।

बस्नेतले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिए। साइबर सेनासँग सहकार्य गरि एमाले विरुद्ध भ्रम छर्नेहरु विरुद्ध सही सन्देश दिने काममा भूमिका निर्वाह गर्न समेत उनले आह्वान गरेका छन्।

नेता बस्नेतले केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने पनि बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ३० दिनभित्र विश्वासको मत लिन नसके पुनः नेकपा एमालेकै सरकार बन्ने दाबी पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell