PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

‘गोग्राहा फिल्म कार्यशाला’को शान्ता, सुनिल र ज्योत्सनालाई पाँच लाख बराबरको पुरस्कार



‘गोग्राहा फिल्म कार्यशाला’को शान्ता, सुनिल र ज्योत्सनालाई पाँच लाख बराबरको पुरस्कार

काठमाडौं : नर्थ साउथ कलेक्टिभ्सले आयोजना गरेको ‘गोग्राहा फिल्म कार्यशाला’ले तीन नेपाली लघु फिल्मलाई निर्माण पुरस्कार दिने भएको छ। शान्ता नेपाली, सुनिल गुरुङ र ज्योत्सना सिंह ठकुरीले पाँच लाखको ‘लघु चलचित्र निर्माण पुरस्कार’ पाउने भएका हुन्।

विराटनगरस्थित भएको कार्यशालाका सहभागी उनीहरुलाई आयोजक समूहले सोमवार भर्चुअल प्रेस भेला मार्फत पाँच/पाँच लाख पुरस्कार पाउने भएका हुन्।

पुरस्कार पाउनेमा शान्ता नेपालीको ‘मुना’, ज्योत्सना सिंह ठकुरीको ‘एलेक्सिया’ र सुनिल गुरूङको ‘विण्ड हर्स’ रहेका छन्। 

तीनै जना फिल्ममेकरले सन् २०२१ को अन्त्यसम्म फिल्म बनाउनु पर्ने बताइएको छ। उनीहरुलाई १५ मिनेटको फिक्सन फिल्म निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिने भएको हो।

गोग्राहा फिल्म कार्यशाला विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सको आयोजनामा विगत २ वर्षदेखि सञ्चालन हुँदै आएको छ। ‘विराटनगर फिल्म कार्यशाला’को नामलाई परिवर्तन गरि यसै वर्ष देखि ‘गोग्राहा फिल्म कार्यशाला’ राखिएको हो। गोग्राहा विराटनगर शहरको पुरानो नाम हो।

यो कार्यशाला निर्देशक र लेखक दिपक रौनियार, अभिनेत्री र लेखक आशा मगराती, अध्येता भास्कर गौतमको नेतृत्वमा सुरु भएको हो।

सन् २०२०‍/२१ को फिल्म कार्यशालाका लागि झण्डै दुई सय व्यक्तिले निवदेन दिएका थिए। जसमध्ये १२ जना छानिएका थिए। आठ हप्ताको पहिलो चरणको लेखन कार्यशालापछि सहभागीहरूले बुझाएको स्क्रिप्ट र उनीहरूको लेखन/निर्देशन कलाको विकासको आधारमा ८ जनालाई १२ हप्ता लामो निर्देशन कार्यशलाको लागि छानिएको थियो।

अहिले अन्तिम चरणमा तिनैमध्ये ३ जनाले आ-आफ्नो फिल्म बनाउनका लागि पाँच/पाँच लाख रुपैयाँ निर्माण पुरस्कार पाउने भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell