काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पक्षका विद्यार्थी संगठनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुतला जलाएका छन्। विद्यार्थीहरुले रत्न राज्यलक्ष्मी क्याम्पस र शंकरदेव क्याम्पस अगाडी प्रधानन्यायाधीशको पुतला जलाएका हुन्।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश सहित प्रतिनिधिसभा पुनर्स्थापना गरेको विरोधमा ओली पक्षका विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै आइरहेका छन्।
विद्यार्थीहरुले पुतला जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।