PahiloPost

Jan 1, 2026 | १७ पुष २०८२

दलबलसहित बालुवाटार छाड्दै ओली



दलबलसहित बालुवाटार छाड्दै ओली

काठमाडौं : अपदस्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटार छाड्दैछन्। बिहान ११ बजे युवा संघको बालुवाटार भेलापछि ओलीले बालुवाटार छाड्ने तयारी गरेका छन्।

४१ महिना सत्तामा बसेका ओली सोमवार सर्वोच्च अदालतले अपदस्त गराएको थियो। एमाले अध्यक्ष ओली अब भक्तपुरस्थित बालकोटमा रहेको आफ्नो निवास जानेछन्।

बालुवाटारबाट बालकोटसम्म ओलीलाई युवासंघले स्कटिङ गर्ने बताइएको छ। एमाले नेता महेश बस्नेतले मंगलवार ओली निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell