PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

जसपाको निर्णय : पहिला आधिकारिकता विवाद टुंग्याउने अनि मात्रै सरकारमा जाने



जसपाको निर्णय : पहिला आधिकारिकता विवाद टुंग्याउने अनि मात्रै सरकारमा जाने

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (बाबुराम भट्टराई-उपेन्द्र यादव समूह) अहिले नै शेरबहादुर देउवा नेतृत्वको सरकारमा नजाने भएको छ। जसपामा महन्थ ठाकुर पक्षसँग विवाद कायम नै रहेको अवस्थामा अहिलेको अवस्थामा पार्टी सरकारमा सहभागी नहुने भएको हो।

जसपा नेता राजेन्द्र प्रसाद श्रेष्ठले पहिला पार्टीको आधिकारिकतासम्बन्धी विवाद छिटो टुङ्ग्याउन पहल गर्ने र त्यसपछि सरकारमा सहभागिताबारे टुङ्गो लगाउने निर्णय भएको बताए।

जसपा आधिकारिकता विवाद हाल निर्वाचन आयोगमा विचारधिन छ। आयोगको इजलासले यस बारेमा फैसला गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell