PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

चीनमा भवन भत्किँदा १७ जनाको मृत्यु



चीनमा भवन भत्किँदा १७ जनाको मृत्यु

चीनको सुजो शहरमा एक भवन भत्किँदा १७ जनाको मृत्यु भएको छ। ३६ घण्टासम्म भएको 'सर्च अपरेसन' पछि भवनको भग्नावेशमा उद्धारकर्ताले २३ जनालाई भेटेका थिए। जसमा ६ जनामात्रै जीवित रहन सके।

ग्लोबल टाइम्सका अनुसार भवनका मालिककले भवनको संरचना परिवर्तन गरेकोले घटना घटेको हो। केही वर्षयता उक्त भवनमा पुनर्निर्माणको काम हुँदै आएको थियो। ३ तलाको भवनमा पछिल्लो समय तला थप्ने काम हुँदै आएको थियो।

सरकारी अधिकारीहरुले घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारवाही हुने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell