पोखरा : गण्डकी प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८-७९ को बजेट बहुमतले पारित भएको छ।
प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले)को अवरोधबिच बुधबारको बसेको प्रदेशसभा बैठकले बजेट पारित गरेको हो।
बुधबार बिहान एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई १० बुँदे माग राख्दै संसद बैठक चल्न नदिने बताएको थियो। आजै बिहान ११ बजेदेखि सुरु भएको बजेट अधिवेशन पनि एमालेका सांसद अवरोध गरेपछि केही समयका लागि स्थगित भएको थियो।
यसअघि३ पटकको बैठकमा पनि प्रतिपक्षीकै कारण बजेट पारित गर्न सहमति जुटेको थिएन। तर आज भने प्रतिपक्षको विरोधबिच बजेट पास भएको हो।
एमाले बजेट प्रस्तुत हुन नदिन रोष्टमतिर जान लागेको थिय । त्यसैबिच सभामुख अघिकारीले मार्सल लगाएर एमाले सांसदहरुलाई रोकेका थिए र बजेट निर्णयार्थ प्रस्तुत गरेका थिए ।