PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कोटेश्वरमा प्रधानमन्त्री देउवा र माधव नेपालबीच भेटवार्ता जारी



कोटेश्वरमा प्रधानमन्त्री देउवा र माधव नेपालबीच भेटवार्ता जारी

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एमाले वरिष्ठ नेता माधव नेपाल भेट्न कोटेश्वरमा पुगेका छन्। देउवा र नेपालबीच अहिले समसमायिक विषयमा छलफल जारी रहेको छ।

प्रधानमन्त्री देउवा र नेपालबीच विश्वासको मतबारे छलफल भएको र पछिल्लो राजनीतिक विषयमा पनि कुराकारी जारी रहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

एमालेका नेपाल समूह, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चासहित संयुक्त गठबन्धनको सहयोगमा देउवा मंगलवार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। सोमवार सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा परमादेश जारी गरेको थियो।

लगत्तै राष्ट्रपति भण्डारीले मंगलवार देउवालाई प्रधानमन्त्रीमा शपथ दिलाएकी हुन्। देउवा प्रधानमन्त्री भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसका लागि नेपाल समूहको मद्दत आवश्यक रहने र यस विषयमा छलफल गर्न देउवा कोटेश्वर पुगेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell