दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता थलापति विजयलाई अदालतले एक लाख जरिवाना लगाएको छ। कर छलेको आरोपमा उनलाई मद्रास उच्च अदालतले जरिवाना तिर्नुपर्ने फैसला सुनाएको हो।
सन् २०१२ मा विजयले इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाएका थिए। सो समय उनले एक निवेदन पेश गरेर कार झिकाउँदा लाग्ने इन्ट्री ट्याक्स छुटका लागि माग गरेका थिए। तर, अदालतले उक्त निवेदन खारेज गर्दै कर नतिरेको आरोपमा उनी माथि एक लाख भारु जरिवाना लगाएको हो।
अदालतले विजयको उजुरी खारेज गर्दै भनेको छ, ‘हिरोका लाखौँ फ्यान छन्। फ्यान स्टारलाई असली हिरोको रुपमा हेर्छन्। तमिलनाडुमा फिल्म स्टार राज्य चलाउने भइसके। उनीबाट रील हिरोको मात्र आस गरिएको छैन। कर छल्नु असंवैधानिक हो।’
Madras High Court criticises Tamil actor Vijay, says, reel heroes are hesitating to pay taxes
— ANI (@ANI) July 13, 2021
The court dismisses a writ petition filed by the actor in 2012 seeking exemption of entry tax on his luxury car imported from England. Court imposes fine of Rs 1 lakh on him. pic.twitter.com/RtBia4GeuV