PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

गण्डकी प्रदेशसभाको बैठकमा एमाले सांसद बस्नेतले विरोधका क्रममा फाले टेबुल, ‘नियतवस् फालिएको होइन’



गण्डकी प्रदेशसभाको बैठकमा एमाले सांसद बस्नेतले विरोधका क्रममा फाले टेबुल, ‘नियतवस् फालिएको होइन’

पोखरा : गण्डकी प्रदेशसभाको बैठकमा एमाले सांसद तथा पूर्व भौतिक मन्त्री रामशरण बस्नेतले सदनमा टेबुल फालेका छन्। बुधवार बसेको प्रदेशसभा बैठकमा एमाले सांसद बस्नेतले मन्त्रीको टेबुल फालेका हुन्।

एमालेले १० बुँदे माग राख्दै संसद बैठक चल्न नदिने अडान राखेको थियो। तर, आज बसेको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक-२०७८ प्रस्तुत गर्न मुख्यमन्त्रीलाई बोलाएपछि एमाले विरोधमा उत्रिएको हो।

विरोध गर्दै एमाले रोष्टमतिर जान लागेपछि मार्सल नै लगाएर सभामुख अघिकारीले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए।

सो घटनापछि पत्रकार सम्मेलन गर्दै सांसद बस्नेतले नियतवस् टेबुल फालेको नभई साँधुरो भएर सारेको बताएका छन्।

‘कुनै व्यक्तिलाई हान्न खोजेको हो भने हान्न नसक्ने तागत एमालेसँग नभएको होइन, तर हामीले साँघुरो भयो भनेर टेबुल सारिरहँदा चरित्र हत्या गर्ने किसिमले जुन अभिव्यक्तिहरु आए ति सच्याउन म अनुरोध गर्छु,’ उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell