PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

निर्वाचन आयोगले रद्द गर्‍यो चुनावी कार्यतालिका



निर्वाचन आयोगले रद्द गर्‍यो चुनावी कार्यतालिका

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको छ। केपी शर्मा ओलीको सरकारले प्रतिनिधि सभा विघटन गरी दुई चरणको निर्वाचन घोषणा गरेसँगै असार २१ गते आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो।

कार्यतालिका अनुसार आजदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको थियो। 'पहिलो चरणमा सम्पन्न हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मिति २०७८/०६/२१ गतेदेखि मिति २०७८/०६/२६ गतेसम्म संचालन हुनेछ भने दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम मिति २०७८/०६/३१ गतेदेखि मिति २०७८/०७/०५ गतेसम्म सञ्चालन हुनेछ,' असार २१ गतेको आयोगको विज्ञप्तिमा भनिएको थियो, 'मतदाताहरुको अन्तिम मतदाता नामावली मिति २०७८/०५/२३ गते प्रकाशन हुनेछ। समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम मिति २०७८/०५/०२ गतेदेखि मिति २०७८/०७/०२ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ।'

सोमवार सर्वोच्च अदालतबाट प्रतिनिधि पुनर्स्थापना गर्न आदेश भएसँगै निर्वाचनका कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन्। 'निर्वाचन आयोगले सम्मानीत सर्वोच्च अदालतबाट मिति २०७८/३/२८ मा भएको आदेश बमोजिम मिति २०७८/७/२६ गते शुक्रबारका दिन पहिलो चरणमा र मिति २०७८/८/३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट मिति २०७८/३/२१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ,' आयोगले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell