अर्जेन्टिनामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। यससँगै ल्याटिन अमेरिकी राष्ट्रहरुमा १ लाख भन्दा बढी संक्रमितको मृत्यु हुने देशमा अर्जेन्टिना पाँचौ देश हो।
अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयका अनुसार बुधवारमात्रै ६१४ जनाको मृत्यु भएको जनाएको छ। हालसम्म अर्जेन्टिनामा १ लाख २५० जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।
हाल अर्जन्टिनमा दैनिक संक्रमण दर पहिलाभन्दा घटेको बताइएको छ। तर, संक्रमण दर फेरि बढ्न सकने भन्दै विज्ञहरुले स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन्।