मिस वर्ल्डका लागि भोटिङ लाइन खुल्ला गरिएको छ। यसपटक मिस वर्ल्डमा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन्।
अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ। 'पपुलर च्वाइस अवार्ड' विधाको लागि सुरु भएको भोटिङ ग्रान्ड फिनाले सम्म गर्न पाइनेछ।
‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ ले ‘पपुलर च्वाइस’ विधामा नम्रतालाई जिताउनका लागि सबै नेपालीहरुलाई भोट गर्न फेसबुकमार्फत आग्रह गरेको छ।
भोटिङ गर्नको लागि मबस्टार एप डाउनलोड गरेर नम्रताले पोस्ट गरेका फोटोहरुमा लाइक तथा कमेन्ट गर्नुपर्ने हुन्छ। सोही आधारमा उनले अंक पाउनेछिन्। साथै, इन्स्टाग्राममा पनि उनको पोस्टहरुमा लाइक तथा कमेन्ट गर्न सकिनेछ।
यसअघि 'पपुलर च्वाइस अवार्ड' फेसबुकबाट पनि गर्न सकिने नियम थियो। तर, त्यो नियम परिवर्तन गर्दै मिस वर्ल्डले मबस्टरबाट मात्र भोट गर्न मिल्ने नियम ल्याएको हो।
गतवर्ष कोरोना महामारीले रोकिएको मिस वर्ल्डको ग्रान्ड फिनाले आउँदो डिसेम्बर १६ मा अमेरिकाको पुएर्तोरिकोमा आयोजना हुनेछ।