PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

ओलीले बोलाए एमाले संसदीय दलको बैठक



ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं : नेकपा (एमाले)का संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

शुक्रवार ३ बजेका लागि बैठक बोलाइएको एमाले सांसद विशाल भट्टराईले जानकारी दिए। उनले संघीय संसदको लोत्से हलमा बैठकमा बस्ने बताए। 'लोत्से हलमा बैठक बस्छ। संसद चल्नुअघि बैठक बस्नुपर्ने भएकाले बस्न लागेको हो,' उनले भने।

पार्टीको आन्तरिक विवादका कारण वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताए पनि त्यस बारेमा छलफल गर्ने एजेण्डा नरहेका भट्टराईको भनाई छ।

'अब संसद चल्ने भयो। उक्त बैठकको पूर्वसन्ध्यामा दलको बैठक त नियमित हुन्छ नि। पार्टीमा देखिएको विवादबारे खासै बैठकमा छलफल हुँदैन,' उनले भने।

प्रतिनिधि सभाको बैठकमा एमालेको रणनीति बनाउन ओलीले बैठक बोलाएका हुन्। सर्वोच्च अदालतले असार २८ गते एक हप्ताभित्र प्रतिनिधिसभा बोलाउन आदेश दिएको थियो। उक्त आदेश अनुसार प्रतिनिधि सभाको बैठक बोलाउने तयारी भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell