PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

किशोरीको इच्छा विपरीत बालविवाह, अभिभावक र दुलाहा पक्राउ



किशोरीको इच्छा विपरीत बालविवाह, अभिभावक र दुलाहा पक्राउ

वीरगंज : पर्सा प्रहरीले बालविवाह गर्ने गराएको अभियोगमा तीन जनालाई हिरासतमा लिएको छ।

पर्सा, पकाहामैनपुर गाउँपालिका– १ धोरे बस्ने २४ वर्षीय विशाल सहनी निजका बुवा ६५ वर्षीय ठग सहनी र बाराको प्रसौनी गाउँपालिका– ५ बेल्हिया पनटोका बस्ने ४८ वर्षीय महेश सहनी पक्राउ परेका छन्। विशाल बेहुला हुन्।

स्थानीय १८ वर्षीया एक किशोरीसँग विशालको बिहे गत असार १७ गते धोरे गाउँ नजिकै रहेको भुटनदेवी माई मन्दिरमा सम्पन्न भएको थियो।

किशोरीले बालविवाह गर्न नचाहेको तर अभिभावकले जबरजस्ती विवाह गराएपछि किशोरी प्रहरी सम्पर्कमा पुगेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। बाल विवाह गर्ने गराउने कार्यमा संलग्न भएको पाइएकोले तीनै जनामाथि अनुसन्धान भइरहेको उनले बताए।

मुलुकी अपराध संहिताको दफा १७३ मा बीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराएमा त्यो विवाह स्वतः बदर हुने र अभियुक्तलाई ३ वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell