सुर्खेत : प्राध्यापकहरुले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरेका छन्। नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो।
संगठनले बैशाख १४ गते विश्वविद्यालय सुधारका लागि १९ बुँदे माग पत्र पेश गरेकोमा कुनै पनि सुनुवाई नभएको जनाएको छ।
त्यस्तै, असार २५ गते १५ बुँदे माग पत्र पेश गरेको र ३१ गते दिउँसो वार्ताका लागि संगठनलाई बोलाएको र विश्वविद्यालयका तर्फबाट कुनै पनि सदस्य वर्ताका लागि उपस्थित नहुँदा संगठनको मानहानी, नजरअन्दाज, अपहेलना, गर्दै उपेक्षित गरेको भन्दै तालाबन्दी गरेको संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
वार्ता र छलफलका लागि तयार हुँदा हुँदै पनि तालाबन्दी गर्न विश्वविद्यालयले बाध्यातात्मक अवस्था सिर्जना गरेको उनीहरुको आरोप छ।