PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

नेपाल समूहले बहिष्कार गरेको एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति अनुमोदन गराउने तयारी



नेपाल समूहले बहिष्कार गरेको एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति अनुमोदन गराउने तयारी

काठमाडौं : बुधवार बालुवाटार छाडेका निवर्तमान प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी कमिटीको बैठकमा जुटेका छन्।

ओली आफू पक्षका स्थायी कमिटीका नेताहरुसँग च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा छलफल गरिरेहका छन्। ओलीले बिहीवार स्थायी कमिटीको बैठक बोलाएका थिए।

आजको बैठकमा एमालेको विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अनुमोदन गर्ने तयारी छ। १० बुँदे सहमतिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएका छन्।

नेपाल समूहले ओलीले बोलाएको बैठकले बहिष्कार गरेको छ। समझदारी बिना बोलाएको कुनै पनि बैठकमा सहभागि नहुने नेपाल पक्षको अडान छ। नेपाल समूहका दोस्रो तहका नेताहरुले भने स्थायी कमिटीको बैठक रोकेर फेरी पनि संवाद गर्नुपर्ने धारणा राखिरहेका छन्।

आजै ओलीले संसदीय दलको बैठक बोलाएका छन्। बानेश्वरस्थित संघीय संसद्को लोत्से हलमा बोलाएको बैठकमा एमालेको अब प्रतिनिधि सभामा कस्तो रणनीति बनाउने भन्नेबारेमा छलफल हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell