PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

राष्ट्रपतिद्वारा जीवित देवी कुमारी, गणेश र भैरवको संकल्प पूजा



राष्ट्रपतिद्वारा जीवित देवी कुमारी, गणेश र भैरवको संकल्प पूजा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जीवित देवी कुमारी र जीवित देव गणेश र भैरवको संकल्प पूजा गरेकी छिन्।

बिहीबार राष्ट्रपति निवासमा भण्डारीले संकल्प सकेपछि गणेश र भैरवलाई कुमारी घर ल्याइएको थियो। त्यसपछि तीनैजना जीवित देवदेवीलाई वसन्तपुरस्थित कुमारी घरमा संकल्प पूजा गरिएको थियो।

राष्ट्रप्रमुखबाट देशमा कुनै विघ्न बाधा नआओस् भन्दै संकल्प पूजा गर्ने गर्ने परम्परा रहेको छ। 

गत वर्ष कोभिड १९ संक्रमणका कारण इन्द्रजात्रा नित्य पूजामा सीमित भएको थियो। कुमारी, गणेश र भैरवको रथयात्रा हुन सकेको थिएन। गत वर्ष जीवित देव गणेश र भैरव प्रतिस्थापन गरिएको थियो। कीर्तिपुण्य महाविहार, क्वहिती बहा:का कर्सनव शाक्यलाई जीवित देव भैरव र नरदेवी पाछै गल्लीका रोदिन शाक्यलाई जीवित देव गणेशका रुपमा प्रतिस्थापन गरिएको थियो। नयाँ गणेश र भैरव प्रतिस्थापन भएपछि राष्ट्रप्रुमखबाट पहिलोपटक संकल्प पूजा गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell