काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबिच बालुवाटारमा भेट भएको छ।
प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिन यान्छी बालुवाटार पुगेका हुन्। ट्वीट गर्दै प्रधानमन्त्री देउवाले नेपाल र चीनको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो प्रयास रहने उल्लेख गरेका हुन्।
देउवा आजमात्रै बुढानीलकण्ठस्थित निजी निवासबाट बालुवाटारस्थित सरकारी निवासमा सरेका हुन्। यसअघि देउवालाई बुढानीलकण्ठ पुगेर अमेरिकी राजदूत र्यान्डी बेरी र भारतीय राजदूत विनयमोहन क्वात्राले भेट गरेका थिए।
देउवालाई राजदूतहरुले बधाई दिइहरँदा भारत र चीनको संस्थापन पक्षले भने बधाई दिएको छैन।
Meeting with @PRCAmbNepal at Baluwatar today. I look forward to building a stronger relationship with China. pic.twitter.com/0rT2zFZxcT
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 16, 2021