PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

एमाले संसदीय दलको बैठक बानेश्वरमा सुरु, नेपाल पक्षद्वारा बहिष्कार



एमाले संसदीय दलको बैठक बानेश्वरमा सुरु, नेपाल पक्षद्वारा बहिष्कार

काठमाडौं : नेकपा (एमाले)को संसदीय दलको बैठक नयाँ वानेश्वर स्थित संसद भवनको लोत्से हलमा सुरु भएको छ।

पार्टी अध्यक्ष तथा संसदीय दलका नेता ओलीले बोलाएको बैठकमा प्रतिनिधि सभाको बैठकमा एमालेका सांसद कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल भइरहेको बताइएको छ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ जना सांसदहरुले भने बैठक बहिष्कार गरेका छन्।

शुक्रवार बसेको स्थायी कमिटिको बैठक र संसदीय दलको बैठक रोकेर संवाद गर्न नेपाल पक्षले आग्रह गरे पनि ओलीले अस्वीकार गरेका थिए।

स्थायी कमिटीको बैठकले एमाले संसदमा देउवा सरकारको विरुद्धमा उभिने निर्णय गरेको थियो। यस्तै, बैठक बहिष्कार गरेको नेपाल समूहका २३ सांसदले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका थिए। नेपाल समूहमा हाल देउवालाई विश्वासको मत दिने/नदिनेबारमा भने एक मत छैन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell