काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ विरुद्ध खोप लगाउन खोप केन्द्रमा लामो लाइन भएको भन्दै व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
आज बालुवाटारमा मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई बोलाएर देउवाले खोप केन्द्र बढाउन र स्वास्थ्य मापदण्ड पूर्ण पालना गराउन निर्देशन दिएका हुन्।
हाल प्रधानमन्त्री देउवाले नै स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हालिरहेका छन्।