जनकपुरधाम : प्रदेश नम्बर २ सरकारमा नेकपा (माओवादी केन्द्र)लाई पनि समावेश गरेर मन्त्रिपरिषद् विस्तारको तयारी थालिएको छ। माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहका अनुसार भोलि दिउँसो ३ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ।
उनले माओवादी केन्द्र एक महत्वपूर्ण मन्त्रालयसहित सरकारमा जान लागेको बताए। साहले आफू स्वयं मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने समेत बताए। साहका अनुसार जसपाको भागमा रहेका तीन वटा मन्त्रालयमध्ये एउटा मन्त्रालय माओवादीलाई दिने सहमति भएको छ।
स्रोतका अनुसार अर्थ मन्त्रालय, आन्तरिक मामिला तथा कानुन वा कृषि मन्त्रालयमध्ये कुनै १ मन्त्रालय माओवादी केन्द्रलाई दिइने छ। यता मुख्यमन्त्री लालबाबु राउतले माओवादी केन्द्रलाई दिने मन्त्रालयको मन्त्रीलाई समेत राजीनामा गराउने तयारी गरिरहेको जनाइएको छ।