PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेस पदाधिकारी बैठक : तोकिएकै समयमा महाधिवेशन गर्नेबारे तीन वटा समितिसँग छलफल



कांग्रेस पदाधिकारी बैठक : तोकिएकै समयमा महाधिवेशन गर्नेबारे तीन वटा समितिसँग छलफल

काठमाडौं : नेपाली कांग्रेस पदाधिकारी बैठकले तोकिएकै समयमा महाधिवेशन गर्नेबारे तीन वटा समितिसँग छलफल गरेको छ।

महादेव यादव संयोजक रहेको निर्वाचन समिति, रमेश लेखक संयोजक रहेको कांग्रेस क्रियाशील छानबिन समिति र उपसभापति विमलेन्द्र निधि संयोजक रहेको समायोजन समितिले अहिलेसम्म गरेका कामबारे छलफल भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए।

उनले भने, ‘क्रियाशील सदस्यता छानबिनको काम लगभग सकिएको छ। हामीले प्रतिवेदन बुझाउने समय मागेका छौँ सभापति देउवासँग। ८ लाख ५२ हजार क्रियाशील सदस्य भएका छन् अहिलेसम्म। बारा र सप्तरीमा विवाद भएकोले यी दुई जिल्लाको विषयलाई प्रतिवेदनमा समेटेर केन्द्रीय तहमा बुझाउँछौँ।’

लेखकले निर्वाचनको निर्देशिकालाई अन्तिम रुप दिने तयारी गरेको बताए। १४ औँ महाधिवेशनलाई समयमै सकाउने बारेमै केन्द्रित भएर छलफल भएको उनको भनाइ थियो।

कांग्रेसको महाधिवेशन भदौ १६ बाट काठमाडौंमा हुने तोकिएको छ। वडा तहको अधिवेशन साउन १२ बाट हुने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell