जनकपुरधाम : प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कुमार यादवले मन्त्री पदबाट राजीनामा दिन लागेका छन्।
नेकपा माओवादी केन्द्रलाई सरकारमा समावेश गरेर मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको अवस्थामा मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिन लागेको मन्त्री यादवले बताए।
उनले सर्वपक्षीय सर्वदलीय सरकार निर्माण वर्तमान आवश्यकता रहेकोले आफ्नो राजीनामा आउन लागेको जानकारी दिए।
यता, माओवादी केद्रका अनुसार शनिवार दिउँसो ३ बजे सरकारमा सहभागी भई मन्त्रीहरुले सपथ लिन लागेका छन्।
माओवादी संसदीय दलका नेता भरत प्रसाद साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने बताइएको छ।