PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दाङबाट एक लाख रुपैयाँसहित १० जना जुवाडे पक्राउ



दाङबाट एक लाख रुपैयाँसहित १० जना जुवाडे पक्राउ

बुटवल : दाङमा जुवा खेलिरहेको अवस्थामा एकलाख बढी नगदसहित १० जना पक्राउ परेका छन्। शुक्रबार दिउँसो साढे चार बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँबाट नगद १ लाख २२ हजार ५ सया १० रुपियाँसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिए।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ का ५२ वर्षीय कमान बुढा, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ३४ वर्षीय ज्ञानसिंह बुढा, ४२ वर्षीय आक्ष्तबहादुर घर्ती र ६८ वर्षीय गणबहादुर घर्ती रहेका छन्।

त्यस्तै वडा नं. १५ निवासी २२ वर्षीय निमबहादुर रोका र ३३ वर्षीय ढोका घर्ती, वडा नं. १२ निवासी ४० वर्षीय तेजलाल पुन र वडा नं. १४ निवासी २६ वर्षीय त्रिपन बुढा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell