PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फेसबुकमा कोरोना भाइरस सम्बन्धी गलत सूचनाले मानिस मर्दैछन् : अमेरिकी राष्ट्रपति बाइडेन



फेसबुकमा कोरोना भाइरस सम्बन्धी गलत सूचनाले मानिस मर्दैछन् : अमेरिकी राष्ट्रपति बाइडेन
Photo : Jonathan Ernst/Reuters

अमेरिकी राष्ट्रपति जो बाइडेनले फेसबुकमा कोरोना भाइरस सम्बन्धी गलत सूचनाका कारण मानिसहरुको मृत्यु भइरहेको बताएका छन्।

भ्याक्सिन र महामारीबारे फेसबुक लगायतका सामाजिक संजालले गल सूचना प्रवाह गरिरहेको भन्ने प्रश्नको जवाफमा बाइडेनले 'मिस इन्फर्मेसन' का कारण मृत्यु दर बढेको बताएका हुन्।

'तिनीहरु मानिसलाई मारिरहेका छन्। भ्याक्सिन नलगाएकाहरुमा महामारीको त्रास बढ्दो छ' बाइडेनले भने।

अमेरिकामा हाल भ्याक्सिन नलगाएका समुदायहरुमा कोभिड १९ संक्रमण देखिने क्रम बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्। साथै, भ्याक्सिन नलगाउनेहरुकै मृत्यु दर उच्च रहेको बताइएको छ।

विश्वभर कोभिड १९ संक्रमणको बढ्दो तिब्रतासँगै सामाजिक संजालमा गलत सूचनाहरु पनि धेरै सेयर हुने गरेका छन्। ह्वाइट हाउसले गलत सूचनाहरुलाई नियन्त्रण गरि हटाउन सोसल मिडिया कम्पनीहरुमाथि दबाब बढाउँदै आएको छ।

यता फेसबुकले भने नागरिकहरुको स्वास्थ्यको रक्षाको लागि 'आक्रामक' रुपमा काम गरिरहेको दाबी गरेको छ।  

शुक्रवार ह्वाइट हाउसकी प्रेस सेक्रटरी जेन साकीले फेसबुक र अन्य सामानिक संजालहरुले भ्याक्सिन बारे गलत सूचना हटाउन वा रोक्न कुनै कदम नचालेको बताएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell