PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जर्मनी र बेल्जियममा बाढी : मृतकको संख्या १५० नाघ्यो, एक लाखभन्दा बढी घर बिजुली विहीन



जर्मनी र बेल्जियममा बाढी : मृतकको संख्या १५० नाघ्यो, एक लाखभन्दा बढी घर बिजुली विहीन
Photo : Getty Images

जर्मनी र बेल्जियममा अत्याधिक वर्षासँगै आएको बाढीका कारण मृत्यु हुनेको १५० नाघेको छ। स्थानीय अधिकारीहरुका अनुसार बाढीपछि सयौं व्यक्ति वेपत्ता भएका छन्। जर्मनीमा मात्रै १०० भन्दा बढीको मृत्यु भएको छ। युरोपको पूर्वी क्षेत्रमा अत्याधिक वर्षासँगै बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

जर्मनीमा बाढीग्रस्त क्षेत्रमा उद्धारकार्य प्रभावित भएको छ। बाढी गएको क्षेत्रमा प्रहरी र सेना परिचालन गरि उद्धारको कार्य भइरहेको छ। बाढीले सडकमार्ग धवस्त बनाएको छ भने फोन नेटवर्क पनि 'डाउन' भएका छन्। १ लाख भन्दा बढी घरहरु बिजुली विहीन भएका छन्।

बेल्जियममा भने ४ वटा रज्यहरुमा उद्धार र राहत कार्यलाई तिब्रता दिन सेना परिचालन गरिएको छ। प्रधानमन्त्री एलेक्जेन्डर डि क्रुले २० जुलाईमा देशभर शोक मनाउने घवषणा गरेका छन्।

यस्तै, स्विटजर्ल्यान्ड, लक्समबर्ग र नेडरल्यान्डस्मा पनि वर्षा हुने क्रम जारी छ। युरोपियन नेताहरुले जलवायु परिवर्तनका कारण अहिलेको परिस्थिति सिर्जना भएको बताएका छन्। विज्ञहरुले आउने वर्षहरुमा 'रेकर्ड' मात्रामा वर्षा हुने चेतावनी दिएका छन्।

अत्याधिक वर्षासँगै आएको बाढीका कारण ५९ जनाको मृत्यु भएको छ। जर्मन चान्सलर एन्जेला मार्केलले बाढी प्रभावितहरुलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन निर्देशन दिएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell