PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भारतमा ह्वाट्सएपले २० लाख अकाउन्ट किन 'ब्लक' गर्‍यो ?



भारतमा ह्वाट्सएपले २० लाख अकाउन्ट किन 'ब्लक' गर्‍यो ?
Photo : Getty Images

भारतमा सूचना आदानप्रदानका लागि ह्वाट्सएप धेरै प्रयोग हुने गर्छ। फेसबुक मेसेन्जर, भाइबर लगायत इन्ट्यान्ट टेक्स्ट मेसेजिङ एपभन्दा ह्वाट्सएप धेरै प्रयोग गर्नेको संख्या धेरै छ।

यता, ह्वाट्सएपले मे र जुन महिनामा भारतभर २० लाखभन्दा बढी अकाउन्टहरु 'ब्‍लक' गरेको छ। एपको नियम उल्लंघन गर्ने प्रयोगकर्ताहरुको अकाउन्ट बन्द गरिएको ह्वाट्सएपले जनाएको छ।

खाता बन्द हुनेमध्ये ९५ प्रतिशत प्रयोगकर्ताले मेसेज फर्वार्ड गर्ने 'लिमिट' उल्लंघन गरेका थिए।

भारतमा प्रविधि सम्बन्धी नयाँ कानुन ल्याइएपछि सोसल मिडिया कम्पनीहरु कडाइका साथ उत्रिएका छन्। यसअघि ट्वीटरले पनि लाखौं प्रयोगकर्ताहरुको अकाउन्ट बन्द गरेको थियो।

भारतमा ४० करोडभन्दा बढीले ह्वाट्सएप प्रयोग गर्ने अनुमान गरिएको छ। ह्वाट्सएप फेसबुक अन्तर्गत संचालित एप हो।

हानिकारक र गलत सूचना आदानप्रदान हुनबाट रोक्न आफूहरुले प्रयास गरिरहेको र त्यही अन्तर्गत अकाउन्ट बन्द गरिएको ह्वाट्सएपले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell