PahiloPost

May 14, 2024 | १ जेठ २०८१

कोइराला परिवारबाट सभापतिका तीन आकांक्षीबिच शशांक निवासमा 'लन्च मिटिङ'



कोइराला परिवारबाट सभापतिका तीन आकांक्षीबिच शशांक निवासमा 'लन्च मिटिङ'
तस्विर : भरत तिवारी / फेसबुक

काठमाडौं : नेपाली काँग्रेसलाई अहिले महाधिवेशनको चटारो छ। प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले फेरि सभापति पदमा लड्ने घोषणा गरेपछि काँग्रेस भित्र शक्ति संघर्ष चर्किएको छ। पार्टीमा सभापतिका आकांक्षी धेरै हुँदा देउवालाई पराजित गर्न आकांक्षी नेताहरु छलफलमा जुटिरहेका छन्।

यसबिच शनिवार शशांक कोइरालाको निवासमा कोइराला परिवारका सदस्याबिच पार्टी नेतृत्वबारे छलफल भएको छ। आजको भेटलाई पारिवारिक भेट भनिएपनि छलफल महाधिवेशन केन्द्रित रहेको थियो।

शशांकसँग शेखर कोइराला र सुजाता कोइरालाबिच भएको 'लन्च मिटिङ'मा कोइराला परिवारबाट साझा उम्मेदवार छनोट गर्ने विषयमा समेत छलफल भएको छ। यी तीनजना नेता नै सभापति पदका दाबेदार हुन्।

महामन्त्री शशांक कोइरालाका स्वकिय सचिव भरत तिवारीले भने, 'पारिवारिक जमघट हो। एजेन्डा विषेश छलफल थिएन। तर महाधिवेशन नजिकिएकाले मिलेर जानेबारे कुराकानी हुन्छ नै। मिलेर जाने कुराकानी भयो।'

तीनजना नेताबिच करिब डेढ घण्टा कुराकानी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell