PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

साउन ९ गते काठमाडौंमा युथफोर्सले मार्चपास गर्ने, महेश बस्नेतले भने : कसैले छोए अरिंगाल झै जाइलाग्छौँ



साउन ९ गते काठमाडौंमा युथफोर्सले मार्चपास गर्ने, महेश बस्नेतले भने : कसैले छोए अरिंगाल झै जाइलाग्छौँ

काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्ने बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै पुन: गठन भएको युथफोर्सको इन्चार्ज समेत रहेका बस्नेतले अदालतको आदेशविरुद्ध आन्दोलनका लागि तयार रहन निर्देशन समेत दिएका छन्।

भक्तपुरको गुण्डुमा काठमाडौं उपत्यकाका युथफोर्सका अगुवा कमान्डरहरुलाई प्रशिक्षण दिँदै बस्नेतले भने, 'हामी तपाईहरुलाई युज एन्ड थ्रो गर्दैनौं। हामी वाइसीएल जस्तो अपराध गरेर हिँड्दैनौं। तर हाम्रो साथीहरुलाई कसैले प्रहार गर्न भने हामी छाड्दैनौं।'

बस्नेतले 'कसैले छोए अरिंगाल झै जाइलाग्ने' बताउँदै माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अस्तित्व नभएको समेत बताए।

उनले केपी ओलीको आर्कषण नघटेको भन्दै असफल भएर  ओलीले बालुवाटार नछाडेको बताए। ओलीले ल्याएको भ्याक्सिनलाई देउवाले आफूले ल्याएको जसरी प्रचार गरेको उनको आरोप थियो। 

बस्नेतले काठमाडौंमा साउन ९ गते युथफोर्सले मार्चपास गर्ने समेत बताए। उक्त मार्चपासमा १० हजार युथफोर्सका कार्यकर्ता उतार्ने घोषणा बस्नेतले गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell