PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

प्रदेश २ सरकारमा माओवादी केन्द्रको ‘इन्ट्री’ : एक मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ



प्रदेश २ सरकारमा माओवादी केन्द्रको ‘इन्ट्री’ : एक मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम : नेकपा माओवादी केन्द्र एक मन्त्री र एक राज्यमन्त्रीसहित प्रदेश २ सरकारमा सहभागी भएको छ। नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।

प्रदेश २ सरकारमा माओवादी केन्द्रबाट भरत प्रसाद साह र रुवी कर्णले मन्त्री पदको शपथ लिएका हुन्। नवनियुक्त मन्त्री साहलाई प्रदेश प्रमुख राजेश झा (अहिराज)ले शपथ ग्रहण गराए। यस्तै, राज्यमन्त्री कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले शपथ ग्रहण गराएका हुन्।

साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको छ भने कर्णलाई आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि जसपाबाट आन्तरिक मामिला तथा सञ्चारमन्त्री रहेका ज्ञानेन्द्र कुमार यादव र आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रहेका सरोजकुमार सिंहले आजै बिहान राजीनामा दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell