PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

श्याम घिमिरेमाथि हातपात भएको घटनामा २४ घण्टाभित्र स्पष्टीकरण लिन सभापति देउवाको निर्देशन



श्याम घिमिरेमाथि हातपात भएको घटनामा २४ घण्टाभित्र स्पष्टीकरण लिन सभापति देउवाको निर्देशन
फाइल फोटो।

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य तथा छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात भएको घटनामा २४ घण्टाभित्र स्पष्टीकरण लिन निर्देशन दिएका छन्।

शनिवार बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय पदाधिकारी बैठकमा सभापति देउवाले २४ घण्टाभित्र स्पष्टीकरण लिन अनुशासन समितिलाई निर्देशन दिएका हुन्। देउवाले केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न समेत निर्देशन दिएका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला एवं पार्टी पदाधिकारीको सहभागितामा भएको छलफल एवं परामर्श पश्चात क्रियाशील सदस्यता छानबिन समितिले पेश गरेको निर्णय बमोजिमको पत्र अनुरुप देउवाले सो निर्देशन दिएका हुन्।

‘केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारबाहीको टुंगो लगाउन पार्टी अनुशासन समितिलाई सभापतिले निर्देशन दिनुभएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेत समूहका नेताहरुले शुक्रवार क्रियाशिल सदस्य छानबिन समितिका सदस्य घिमिरेमाथि हातपात गरेका हुन्। पशुपतिको धर्मशालामा नेपाली कांग्रेसको क्रियाशिल सदस्यबारे चलिरहेको छानबिनमा मोहन बस्नेत निकट नेता हरिशरण श्रेष्ठको टोलीले घिमिरेमाथि हातपात गरेको हो।

बस्नेत निकट नेता श्रेष्ठ १३ औं महाधिवेशनका बेला सिन्धपाल्चोक जिल्लाको सभापतिको उम्मेद्वारमा पराजित नेता हुन्। यस्तै, मोहन बस्नेत नेपाली कांग्रेसको संस्थापन पक्ष सभापति शेर बहादुर देउवा निकट नेता हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell